सूचना
उपर्युक्त सम्बन्धमा यस कुुमारवर्ती बहुमुखी क्याम्पसको आयोजना र श्री कृष्ण नेत्रालय प्रा.लि. भैरहवा तथा मध्यविन्दु आँखा उपचार केन्द्र कावासोतीको प्राविधिक सहयोगमा एक दिने निःशुल्क आँखा उपचार शिविर आयोजना तपशिलको मिति, समय र स्थानमा हुने भएकोले उक्त कार्यक्रममा आफु, आफ्नो परिवार तथा छरछिमेकीहरुलाई जानकारी गराई स्वास्थ्यलाभ लिनुहुन सूचित गरिन्छ ।
तपशिल
स्थानः कुमारवर्ती बहुमुखी क्याम्पसको प्रङ्गण
मितिः २०७६ साल फगुन १६ गते शुक्रवार
समयः विहान १०.०० बजे देखि दिउसो ३.०० बजे सम्म