त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय बल्खु

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम वर्षको मानविकी,व्यवस्थापन, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित तथा आंशिक परीक्षार्थीहरु, तिन वर्षे स्नातक तह मानविकी तर्फका आँशिक र प्राईभेट तथा प्राज्ञिक परिषद्को स्थायी समितिको मिति २०७६ साउन २३ गते बसेको बैठकको निर्णय नं. १६(३)अनुसार तिन बर्षे स्नातक तहको  समय सिमा नाघेका मौका परीक्षा दिने विद्यार्थीहरूको हकमा २०७७ सालको वार्षिक परीक्षामा एक पटकको लागि मौका परीक्षामा सहभागी गराउने निर्णय भएको हुँदा स्नातक तह तिन वर्षे प्रथम वर्षका आंशिक र मौका परीक्षा दिने परीक्षार्थीहरूले आ—आफ्नो क्याम्पस÷कलेजमा र प्राईभेट (आँशिक)  परीक्षाथीैहरुले सोझै यस कार्यालय वा आफूलाई पायक पर्ने सम्वन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा मिति २०७७ साल चैत्र ३१  गते देखि २०७८ वैशाख ३० गते सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र परीक्षा आवेदन फारम भरी बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


परीक्षा नियनत्रक