हाम्रो बारेमा

नवलपरासी जिल्ला दाउन्ने पूर्वका बुद्धीजिवी, समाजसेवी, कर्मचारी, शिक्षक, प्राध्यापक, व्यापारी, किसान लगायत तत्कालिन यस क्षेत्रका शिक्षानुराज्ञीहरु तथा ३७ वटै गाँउ पँचायतको सक्रियता एवं अथक प्रयासबाट जिल्ला कै पहिलो उच्च शिक्षा प्रदान गर्ने संस्थाको रुपमा यस कुमारवर्ती बहुमुखी क्याम्पस (तत्कालिन कुमारवर्ती वाणिज्य क्याम्पस) को स्थापना भएको हो।२०४४ सालमा स्वर्गीय पंडित कृष्णशरण डुम्रेको अथक प्रयास एवं नेतृत्वमा नर्मद्धेश्वर शिवालय मन्दिरमा धन धन्यञ्चल ज्ञान महायज्ञ संचालन गरी क्याम्पस स्थापनाका लागि वातावरण तयार गर्नुका साथै सो यज्ञबाट प्राप्त शेषरकम, ३७ वटै गाँउ पँचायतको आर्थिक सहयोग रकम एवं यस क्षेत्रका शिक्षा प्रेमीको आर्थिक, भौतिक एवं नैतिक सहयोगबाट यस क्याम्पसको स्थापना एवं संचालन भएको हो । २०४५ सालमा वाणिज्य शास्त्रमा प्रविणता प्रमाणपत्र तह ९क्ष्।ऋयm० संचालन गरेकोमा हाल अएर व्यवस्थापन, मानविकी र शिक्षाशास्त्रमा +२, वि.वि.एस., वि.ए. र वि.एड.मा स्नातक तह, एम.वि.एस., एम.ए.(समाजशास्त्र) र एम.एड. (नेपाली र स्वास्थ्य तथा शारिरीक शिक्षा) मा स्नातकोत्तर र एक बर्षे वि.एड. जस्ता कार्यक्रमहरु संचालन भइरहेका छन्। अघिल्लो बर्षको २९औ बार्षिकोत्सवदेखि हरेक वार्षिकोत्सव एवं अभिभावक दिवसमा क्याम्पसका क्रियाकलापहरुलाई औपचारिक रुप दिने कार्यलाई निरन्तरता दिदै यस बर्ष पनि बार्षिक प्रतिवेदन प्रकाशन गरिएको छ।

दोस्रो उच्च शिक्षा सुधार परियोजना ९ज्भ्च्ए० मा परेको यस क्याम्पसले क्याम्पसका प्राज्ञिक, भौतिक, शैक्षिक एवं भौतिक गतिविधिलाई समेट्ने प्रयात्न गर्दै गुणस्तर सुनिश्चितता प्रत्यायन ९त्तब्ब्० प्राप्तिका लागि आफ्ना कार्यहरु केन्द्रित गर्दै सम्बन्धित पक्षबाट प्रयाप्त सहयोग प्राप्त हुनेमा विश्वास लिएको छ।

यस प्रतिवेदनमा शैक्षिक शत्र २०७३÷०७४ मा प्राप्त शैक्षिक उपलब्धीहरुका साथै अघिल्ला २ बर्ष (शैक्षिक शत्र २०७१÷०७२, २०७२÷०७३) का उपलब्धीहरु समेट्ने प्रयात्न गरिएको छ। प्रतिवेदन तयार गर्ने क्रममा सहयोग गर्नुहुने संचालक समितिका अध्यक्ष एवं सदस्यहरु, विभिन्न उप–समिति संयोजक एवं सदस्यहरु, प्राध्यापक संघ परिवार, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुखहरु लागायत सम्पुर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी एवं सम्पादन समितिमा रही कार्य सम्पादनमा सहयोग गर्नुहुने सदस्यहरु लगायत सम्पुर्ण महानुभावहरुमा हार्दिक आभार प्रकट गर्दै प्रतिवेदन तयार गर्ने क्रममा कुनै गल्ति, कमिकमजोरी भएमा क्षमा माग्दै आगामी दिनहरुमा सुधार गर्दे प्रतिवद्धता जाहेर गर्दछौ।